Tuesday, July 15, 2014

फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सको समिति गठन



प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रबाट सम्बन्धन लिई अध्ययन÷अध्यापन गराउने संस्था तथा कलेजको साझा मञ्चका रुपमा ‘फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्स’को समिति गठन भएको छ ।

सो संस्थाको सोमबार सम्पन्न अधिवेशनले अल्का अस्पतालका राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा आठ सदस्यीय प्रथम निर्वाचित कार्यसमिति समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा के. एन शर्मा, सचिव केदार तिवारी, सह–सचिव राधादेवी श्रेष्ठ, कोषाध्यक्ष प्रेरणा दाहाल र सदस्यमा निर्मल सापकोटा, सरला केसी, अम्बिका बस्नेत र दीपक बराल रहेका छन् ।

नवनिर्वाचित उक्त समितिले देशभर छरिएर रहेका स्वास्थ्य एवम् प्राविधिक इन्स्टिच्युट÷कलेजबीच सामञ्जस्यता र एकरुपता कायम गर्दै स्तरीयता उकास्ने कार्यमा आफ्नो पहल रहने बताएको छ ।

मुलुकभर यस्ता इन्स्टिच्युट÷कलेजको सङ्ख्या १६५ भन्दा बढी रहेको र तिनले मुलुकभित्र मात्र नभएर मुलुक बाहिरका लागिसमेत दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको नवनिर्वाचित उपाध्यक्ष के.एन शर्माले जानकारी दिए ।
 रासस

No comments:

Post a Comment