Monday, July 14, 2014

छुट्टै मेडिकल युनिभर्सिटी

चिकित्सा विज्ञान सम्वन्धी विश्वविद्यालय सम्भाव्यता अध्ययन कार्यदलले छुट्टै मेडिकल युनिभर्सिटी हुनुपर्ने प्रस्तावसहित प्रतिवेदन तयार पारेको छ । कार्यदलले नयाँ मेडिकल युनिभर्सिटीका लागि चिकित्शा शास्त्र अध्ययन संस्थान (आइओएम)लाई स्वायत्त बनाएर भविस्यमा मेडिकल युनिभर्सिटीमा परिणत गर्न सुझाव दिएको कार्यदलका एक सदस्यले जानकारी दिएका छन् । उनकाअनुसार कार्यदलले नेशनल इक्जामिनेशन बोर्ड बनाउनु पर्ने सो बोर्डमार्फत् पोष्ट ग्राजुयट अध्यापनका लागि मान्यता दिने र बोर्डले परीक्षा लिएर प्रमाणपत्र दिने व्यवस्था गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरीएको छ । ‘एमबिबिएसको शुल्कका सम्बन्धमा तत्कालिन योजना आयोगका सदस्य डा. शिवकुमार राइको संयोकत्वमा गठन भएको समितिले दिएको सुझावका आधारमा वैज्ञानीक ढंगले शुल्क निर्धारण गर्नुपर्ने सुझाव कार्यदलले दिएको छ ।’ उनले भने ।


कार्यदलले यसैसाता प्रतिवेदन शिक्षा मन्त्रीलाई बुझाउने छ । डा. गोविन्द केसीको अनशनको माग बमोजीम २०७० माघ १५ गते शिक्षा मन्त्री स्तरिय निर्णयअनुसार २०७० माघ २० कार्यदल गठन भएको थियो । कार्यदलले २०७० फागुन १४ गतेदेखि काम शुरु गरेको थियो । कार्यदललाई चिकित्सा विज्ञानसम्बन्धी छुट्टै विश्व विद्यालयको स्थापना र विकास गर्न आवश्यकता र औचित्य सहित सम्भाव्यता अध्ययन गर्ने, विश्वविद्यालयको स्थापना र विकास गर्न सम्भाव्य देखिएमा त्यसको प्रारूप तयार गरी पेश गर्ने, छुट्टै विश्वविद्यालयको स्थापना र विकास गर्न सम्भाव्य देखिएमा मौजुदा अध्ययन संस्थान र अस्पताल मध्ये कुन–कुनलाई त्यस्तो विश्वविद्यालय अन्तर्गत समावेश गर्न उपयुक्त हुन्छ , सो को यकिन गर्ने, चिकित्सा विज्ञानसम्बन्धी छुट्टै विश्वविद्यालयको स्थापना र विकास गर्न आवश्यक पर्ने भौतिक, आर्थिक तथा मानवीय स्रोत, साधन र प्रशासनिक संरचनासमेतको प्रक्षेपण तथा विश्लेषण गरी पेश गर्ने, छुट्टै विश्वविद्यालयको स्थापना र विकास गर्न सम्भाव्य भएमा प्रस्तावित विश्वविद्यालयको प्राज्ञिक तथा संरचनागत स्वायत्तता सुनिश्चित गर्न गरिनु पर्ने नीतिगत, कानुनी र संस्थागत व्यवस्था सम्बन्धी सुझाव सहितको प्रतिवेदन तयार गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयले दिएको थियो ।


यसैगरी कार्यदललाई मेडिकल कलेजमा लिइने शिक्षण शुल्कमा एकरूपता भएको नपाइएकोले शिक्षण शुल्कमा एकरुपता कायम गर्ने विषयमा अध्ययन गरी सिफारिस गर्ने जिम्मेवारी पनि कार्यदलको थियो । कार्यदल प्रा.डा.रमेशकान्त अधिकारीको संयोजकत्वमा गठन भएको थियो । कार्यदल सदस्यहरुमा डा. पूर्णचन्द्र कर्माचार्य, डा.अर्जुन कार्की, चिरिक शोभा ताम्रकार, जगदीश अग्रवाल, कमलशाली घिमिरे, डा. बाबुराम मरमसिनी, डा.अन्जनीकुमार झा, र महाश्रम शर्मा रहेका छन् ।

No comments:

Post a Comment