Friday, July 18, 2014

पूर्व जानकारीबिना परिक्षा स्थगित, परिक्षार्थी आक्रोशित


चिकित्साशास्त्र अन्तर्गत त्रि.वि. शिक्षण अस्पताल टिचिङले जानकारी बिना नै खुल्ला पदपुर्तिका लागि लिने भनिएको रेडियोलोजी र फार्मेसी परिक्षा स्थगित गरेको छ । असार १९ गते प्रकाशित गरेको सुचनाका आधारमा शुक्रबार हुने भनिएको परिक्षा अकस्मात रोकिनुलाई महत्वका साथ हेरिएको छ । देशभरीबाट परिक्षा दिन राजधानी भित्रिएका परिक्षार्थी परिक्षाकेन्द्र पुगेपछि मात्र परिक्षा स्थगित भएको जानकारी प्रशासनले गराएको थियो । त्यस्तो सुचना एकाएक आएपछि परिक्षार्थीहरु आक्रोशित भएका थिए । परिक्षामा सामेल हुन आएका एक परिक्षार्थीले भने, ‘म परिक्षा दिन भनेर हिजो (बिहिबार) पोखराबाट रात्रिबस चडेर काठमाडौं आएँ । आज (शुक्रबार) बिहानै पुरा तयारीका साथ परिक्षा दिन पुग्दा परिक्षा स्थगित भएको सुचना पाउँदा आश्चर्यचकित भएँ । मेरो बिचारमा प्रशासनले आफू निकटका व्यक्तिहरुलाई जागिर खुवाउने उद्देश्यले नियतवश स्थगित गरेको हो ।’ यसै विषयमा टिचिङ अस्पताल प्रशासनलाई सम्पर्क गर्दा एक कर्मचारीले तयारी नपुगेकाले परिक्षा स्थगित गर्नुपरेको बताए ।
source: Ratopati

No comments:

Post a Comment