Friday, July 18, 2014

टिचिङको आकस्मिक कक्षलाई २० थान बेड

भाटभटेनी सुपर मार्केटका तर्फबाट त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षलाई २० थान स्टिल बेड उपलब्ध गराइएको छ । सुपरमार्केटका अध्यक्ष मिनबहादुर गुरुङले पिता स्व. बृषबहादुर गुरुङ र माता धनमाया गुरुङका सम्झनामा अस्पतालको आकष्मिक कक्षमा प्रयोग गर्न २० थान स्टिल बेड, १६ थान साइड टेबुल, ठूला डस्टविन चार थान, र वाटर स्प्रे निस्ट फ्यान दुई थान सहित विभिन्न उपकरण सोमबार त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिपक महरालाई हस्तान्तरण गरेका हुन् । शिक्षण अस्पतालको हाल सञ्चालनमा रहेको आकस्मिक कक्ष भाटभटेनीले नै निर्माण गरिदिएको हो । २०६८ सालमा अस्पताललाई हस्तान्तरण गरेको यो कक्षको भौतिक पुर्वाधार र सरसफाईको जिम्मा भोटभटेनी सुपरमार्केटले नै गर्दै आएको छ ।

No comments:

Post a Comment