Friday, July 11, 2014

नेपालमा टाइफाइडबिरुद्ध भ्याक्सिन



टाइफाइडबिरुद्धको खोप नेपालमा पनि शुरु भएको छ । यो खोप लगाएमा संभावित "साल्मोनेला टाइफी" ज्वरोको खतराबाट बच्न सकिन्छ । एकपटक लगाएको खोपले ३ वर्षसम्म काम गर्छ ।

नेपाल सरकारले पनि औषधि व्यवस्था विभागमा दर्ता गरी यो खोपको पहुाच सर्वसाधारण माझ पुर्‍याएको छ । अन्तर्राष्ट्रिय भ्याक्सिन ईन्स्िटच्युट अफ दक्षिण कोरीयाबाट उत्पादित टाईफाइड बिरुद्धको यो खोप विश्वका लाखैाा मानिसले लगाइसकेका छन् ।



उक्त खोप पहिलो चरणमा मित्र समाज नामक एक गैरसरकारी संस्थाले सरकारको स्वीकृति लिएर ललितपुर उपमहानगरपालिका भित्र रहेका कक्षा १ देखि कक्षा १० सम्मका १ सय ८५ बिद्यालयका ५५ हजार ४ सय ६१ लक्षित विद्यार्थी समूहमध्ये ३५ हजार ५ सय ५४ -९५ प्रतिशत) लाई दिइएको थियो भने ललितपुरको ४१ वटा गाबिसमा रहेका ३ सय ११ वटा बिद्यालयका ६९ हजार १ सय ८४ लक्षित बिद्यार्थीमध्ये ४३ हजार १ सय ३१
-६४ प्रतिशत) ले टाईफाइडको भ्याक्सिन लिएका छन् । यसरी विभिन्न विद्यालयका विद्यार्थी, शिक्षकशिक्षिका तथा होटल मजदुरहरु गरी ललितपुर, काठमाण्डौा र भक्तपुरका १ लाख ३६ हजार व्यक्तिलाई टाइफाइडबिरुद्धको भ्याक्सिन लगाइसकिएको छ ।

सेवा शुल्क वापत् २ सय रुपियाा लिएर भ्याक्सिन लगाइएको छ । सर्वसाधारण व्यक्तिका लागि तुलनात्मक रुपमा यो सस्तो भएको जनाइएको छ । कतिपय निजी अस्पतालहरुले १ हजार २ सय सम्म लिएर पनि टाइफाइडबिरुद्धको खोप लगाउने गरेका छन् । खर्च मूल्यांकन गर्दा एकजना व्यक्ति टाइफाइड ज्वरोबाट बिरामी पर्दा उपचारमा उसको न्यूनतम पनि ५ देखि १० हजार रुपियाा सम्म खर्च हुने गर्छ । तर एउटा भ्याक्सिन लगाएमा ३ वर्षसम्म साल्मोनेला टाईफीको संभावित खतराबाट बच्न सकिन्छ ।

No comments:

Post a Comment