Thursday, July 3, 2014

भरतपुर अस्पताल सर्पदंशका बिरामीको उपचार केन्द्र !

       यहाँको भरतपुर अस्पताल राजधानी बाहिर सर्पदंशका बिरामीको उपचार केन्द्रका रुपमा विकास हुँदै गएको छ । छिमेकी जिल्लाहरुमा सर्पदंशको बढी समस्या देखिने र त्यसको उपचारका लागि अस्पताल नभएपछि त्यो कमी भरतपुर अस्पतालले पूरा गरेको छ । तराईमा सर्पदंशको प्रभाव बढी हुन्छ । राजधानी काठमाडौँ पुग्न टाढा हुने र समयमा उपचार हुन नसके सर्पदंशका बिरामीको मृत्यु हुने हुँदा भरतपुरमा बिरामीको चाप बढी भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरिबहादुर केसीले बताए । भरतपुर अस्पतालमा सघन उपचार कक्षसमेत रहेको छ ।
 जुन सर्पदंशका बिरामीका लागि अत्यावश्यक छ । यहाँ सर्पदंशका बिरामीको उपचारका लागि विशेषज्ञसमेत भएकाले पनि छिमेकी जिल्लाबाट भरतपुर अस्पतालमा बिरामी पठाउने गरेको पाइएको छ । सर्पदंशका बिरामीको उपचार गर्दै आउनुभएका अस्पतालका वरिष्ठ फिजिसियन डा. विजय पौडेलले गत एक वर्षमा ६०० जना बिरामी उपचारका लागि आएको बताउनुभयो । यो वर्षको हालसम्म नौ जना उपचारका लागि आएकामा तीन जनाको मृत्यु भएको समेत उनले बताए । जसमध्ये दुई जना रुपन्देहीका र एक जना चितवनका छन् । गत वर्षहरुमा सर्पदंशका बिरामीका लागि प्रयोग हुने एन्टी स्नेक भेनमको अभाव भए पनि यस वर्ष जगेडा रहेको डा. पौडेलले बताए । सरदर एक बिरामीका लागि ३० भायल आवश्यक पर्ने एन्टी स्नेक भेनम भरतपुर अस्पतालमा हाल ४८० भायल रहेको उनको भनाई छ । रासस

No comments:

Post a Comment