Friday, July 11, 2014

गोल्छा समुहको भ्याक्सिन उद्योग



गोल्छा समुहले काभ्रेको पाँचखालमा निर्माण गरेको भ्याक्सिन उद्योगबाट छ महिना भित्र उत्पादन सुरु हुने भएको छ। भारतको हेष्टर वायोसाइन्सेस लिमिटेड (एचविएल) र गोल्छा समुह अन्तर्गतको हिम इलेक्ट्रोनिक्स सम्युक्त लगानीमा उद्योग स्थापना गरिएको हो। एचविएल पशुपंक्षीजन्य खोप उत्पादनमा भारतकै अग्रणी कम्पनी हो।




वायो टेक्नोलोजिमा आधारित उद्योगका लागि अहिले मेसिन जडान धमाधम भइ रहेको तथा कर्मचारीहरु तालिमका लागि भारत गइ सकेका हुनाले छ महिना भित्र उत्पादन सुरु गर्न सम्भव रहेको गोल्छा समुहका कार्यकारी निर्देशक शेखर गोल्छाले  बताए। '
उद्योगका लागि भवन निर्माण पुरा भइ सकेको छ' उनले भने। भ्याक्सिन जस्तो संवेदनशील वस्तु उत्पादन गर्ने भएको हुँदा उद्योगको भवन देखि सबै उपकरण उच्च गुणस्तरका रहेको उनको दाबी छ। 'युरोप र अमेरिकी स्तरको उद्योग निर्माण गरेका छौं' उनले बताए। पोल्ट्री फार्म तथा घरपालुवा पशु सम्बन्धि सबै भ्याक्सिन उत्पादन गर्ने लक्ष लिएको उनले जानकारी दिए। 'लाइभ भाइरस राख्नु पर्ने भएको हुँदा हामीले भनेर मात्र हुँदैन, सरकारबाट अनुमती पाए सम्म सबै भ्याक्सिन उत्पादन गर्छौं' उनले भने।
उद्योगबाट उत्पादित भ्याक्सिन मध्ये ९५ प्रतिशत निर्यात गर्ने लक्ष राखिएको छ।
साझेदारीमा आएको भारतीय कम्पनी एचविएलले यस अघिनै १४/१५ देशमा निर्यात गरि सकेको हुँदा त्यहि बाटोबाट नेपालमा उत्पादित भ्याक्सिनलाई बजारिकरण सजिलो हुने गोल्छाको भनाइ छ। एचविएलले अरु थुप्रै देशमा निर्यात अनुमती समेत लिइ सकेको उनले जानकारी दिए। 'भारतबाट उत्पादित भ्याक्सिन जहाँ जान्छ नेपालको उत्पादन पनि हामीले त्यहाँ पठाउन सक्छौं' उनले भने। हेष्टर वायो साइन्सेस नेपाल प्रालि नामाकरण गरिएको उद्योगमा गोल्छा समुहको ३५ र एचविएलको ६५ प्रतिशत सेयर लगानी रहेको छ।
प्रविधिमा आधारित उद्योगको मुख्य कच्चा पदार्थ लाइभ भाइरस आयात गर्नु पर्ने भए पनि ९० प्रतिशत भ्यालुएड गर्न सकिने गोल्छाको भनाइ छ। यति धेरै भ्यालु एड गर्ने निर्यातमुलक उद्योग भएको हुँदा मुलुकलाई राम्रो फाइदा हुने गोल्छा बताउँछन्। नयाँ उद्योग स्थापना गर्ने बारे चार बर्ष अघि एचविएल र गोल्छा समुहबीच औपचारिक सम्झौता भएको थियो। सन् २०१२ भित्रै उत्पादन लक्ष राखिए पनि देशभित्रको वातावरणका कारण दुई बर्ष ढिला भएको छ।

No comments:

Post a Comment