Friday, September 13, 2013

Cancer Conference starts.


नेपालमा रक्त क्यान्सरसम्बन्धि पहिलो अन्तराष्ट्रिय सम्मेलन शुरु भएको छ । विनयतारा फाउन्डेसनको सहयोगमा दुई दिने सम्मेलन शुरु भएको हो ।


सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्यान्सर रोग विशेषज्ञ तथा सरोकारवालाहरु गरी तीन सय जनाको सहभागिता रहेको छ । सम्मेलनको उद्घाटन गर्दै बरिष्ठ अभिनेत्री तथा हालै क्यान्सर रोगबाट निको भएकी मनिषा कोइरालाले क्यान्सर भन्ने बित्तिकै मृत्यु नै हो भनेर आत्तिन नहुने बताइन् । उनले क्यान्सरका विषयमा चेतनामुलक कार्यक्रमहरुमा विस्तार गर्नुपर्नेमा जोड दिइन् ।


सम्मेलनका सचिव तथा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र प्रसाद बरालले सम्मेलनमा क्यान्सरका उपचार, रोकथाम तथा क्यान्सरको निवारणका लागि आम मानिससम्म कसरी पुग्ने भन्ने विषयमा छलफल गरीने बताए ।
बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अन्जनीकुमार शर्माले नेपालका पाँचै विकास क्षेत्रमा क्यान्सर परीक्षण केन्द्रहरु स्थापना गर्नुपर्ने बताए । उनले नेपालमा क्यान्सर रोगिहरुको संख्या बृद्धि हुँदै गएकाले सरकारले छिटो भन्दा छिटो क्यान्सर पत्ता लगाउने प्रविधिहरु नेपालमा भित्राउन आवश्यक रहेको जनाए ।


भारतको मुम्बईबाट आएका डा. दिनेश पेन्दरकले क्यान्सर रोगमध्ये बालबालिकाहरुमा रक्त क्यान्सर धेरै हुने भएकाले बेलैमा सचेत हुन आवश्यक रहेको बताए । उनले जटिल भन्दा जटिल भएका बिरामीलाई पनि ठिक पार्न सक्ने प्रविधि आइसकेकाले क्यान्सर हुँदैमा अत्तिने बेला नरहेको बताए ।  अमेरीकाबाट आएका विनयतारा फाउन्डेसनका अध्यक्ष डा. विनय शाहले नेपालमा बोनम्यारो ट्रान्सप्लान्ट सेवाको विस्तार आवश्यक रहेको बताए ।

source

No comments:

Post a Comment