Thursday, September 12, 2013

चिकित्सकले हरेक ५ वर्षमा लाइसेन्स नविकरण गर्नुपर्ने

चिकित्सकले हरेक ५ वर्षमा लाइसेन्स नविकरण गर्नुपर्ने 

नेपाल मेडिकल काउन्सिलले दर्ता भएका चिकित्सकहरुको लाइसेन्स नविकरण गर्ने भएको छ ।
काउन्सिलले आगामि वर्षबाट लागु हुनेगरी हरेक ५ वर्षमा लाइसेन्स नविकरण गर्नुपर्ने प्राब्धान ल्याउन लागेको हो ।



काउन्सिलले जारी गर्ने यो नियम अनुसार लाइसेन्स नविकरणका लागि विभिन्न विषयमा तालीम लिएको हुनुपर्छ । अहिले सम्म भएको काउन्सिल र विशेषज्ञ चिकित्सकको वैठकले हरेक डाक्टरले ५ वर्षको बिचमा चारवटा विषयमा तालिम लिएको हुनुपर्ने नियम बनाएको हो । तालिम सिपिआर, संक्रमणजन्य जोखिम, इथिकल प्राक्टिस र सञ्चार सिपसम्बन्धी हुनुपर्छ । तालिमको व्यवस्था काउन्सिलले गर्ने छ । विशेषज्ञ डाक्टरको हकमा जर्नलमा आर्टिकल लेखेको र कन्टिन्यू मेडिकल एजुकेसन (सिएमई) लिएका चिकित्सकले थप नम्बर पाउनेछन् । यसबाट आउने अंकको आधारमा लाइसेन्स नविकरण हुने काउन्सिलका अध्यक्ष डा. दामोदर गजुरेलले बताए ।



विश्वका धेरै देशहरुले हरेक वर्ष यस्ता तालिमका आधारमा लाइसेन्स नविकरणको प्राब्धान राखेको डा. जगदिश प्रसाद अग्रवालको भनाई छ ।



कान्सिलका पदाधिकारीले यो प्राब्धानलाई सकारात्मक रुपमा लिएका छन् । डा. गजुरेलले यो नियम छिट्टै लागू हुने बताए । ‘डाक्टर र जनताको भलाईको लागि नै हो,’ डा. गजुरेलले भने ।


यो नियमको गृहकार्य गर्ने कमिटिमा डा. शशी शर्मा, डा. दामोदर गजुरेल, डा. रमेशकान्त अधिकारी, डा. जगदिश प्रसाद अग्रवाल र डा. सुशिल कोइराला रहेका छन् । संयोजक भने डा. अधिकारी हुन् ।
source: स्वास्थ्य खबरपत्रिका

No comments:

Post a Comment