Sunday, September 8, 2013

अञ्चल अस्पतालका उपकरण बिगार्दै बिरामी निजीमा लादै

अञ्चल अस्पतालका उपकरण बिगार्दै बिरामी निजीमा लादै


गुल्मीबाट  लुम्बिनी अञ्चल अस्पताल बुटवलमा कान नसुन्ने समस्या लिएर आएका बिरामी  भिमबहादुर थापा अस्पताल पुगेपछि रनभुल्लमा परे । सरकारी अस्पतालमा कम खर्च होला भनी उपचार गर्न आएका थापा पैसा नभएर उपचारै नगरी फर्कने अवस्थामा छन् । उनलाई अस्पतालका डाक्टरले क्लिनिकमा बोलाएर उपचार महंगो पर्ने बताएपछि उपचारै नगरी फर्किन बाध्य भएका हुन् ।


थापालाई अञ्चल अस्पतालका नाक, कान, घाँटी (ईएनटी) बिभाग प्रमुख डा. बिष्णु शर्माले निजी क्लिनका बोलाएका हुन् । ‘डा. सापले पुष्पा फार्मामा जान भन्नु भयो’ थापाले भने ‘ त्यहाँ उपचार सेवा महंगो पर्ने भनेपछि फर्किने बिचारमा छु’ ।


अञ्चल अस्पतालबाट थापा जस्ता सयौं बिरामि दैनिक ठगिने गरेका छन् । अस्पतालका चिकित्सकले उपकरण नभएको बहाना बनाउदै बिरामी निजी क्लिनीकमा लाने गर्छन् । अस्पतालका अधिकांस डाक्टर १२ नबन्दै निस्कन्छन् । कुनै बिभागमा पनि गतिला उपकरण भेटिदैनन् । बनाउन सकिने उपकरण पनि नबनाई थन्किएका छन् । सामान्य ल्याव परीक्षणमा पनि बिरामी निजीमा पुर्याइन्छन् । अञ्चल अस्पतालबाट निजी अस्पतालमा बिरामीलान गिरोह नै सक्रिय छ । अस्पतालका अधिकांस चिकित्सकको आफ्नै निजी अस्पताल र क्लिनिक छन् । ‘सबै कुरा सेटिङमा हुन्छ’ अस्पतालका एक कर्मचारीले भने ‘बिरामी निजीमा लगेबापत डाक्टर, नर्स र एम्बुलेन्स चालकलाई समेत कमिसनको हिस्सा पुग्छ’ ।



‘अस्पतालका चिकित्सकले उपकरण आफैले बिगार्न लगाउने, परीक्षण र शलयक्रियाका लागि पालो ढिलो आउछ भन्ने र रोगको जटिलता देखाएर बिरामी निजीमा लाने गरेको छन्’ ति कर्मचारीले भने ‘अस्पतालमा सामान्य शल्यक्रियाका लागि पनि भनसुन गर्नुपर्छ ।’ अस्पताल अहिले बिरामी जम्मा पार्ने थलो भएको छ ।



अस्पतालमा ३ बर्षदेखी ईएनटी बिभागका एउटा पनि उपकरणले काम गर्दैनन् ।  परीक्षण गर्ने उपकरण नहँुदा बिरामि मारमा परेका छन् । ईएनटि बिभागका चिकित्सकले नै उपकरण ममर्त गर्न नदिने गरेको अस्पताल स्रोत बताउछ ।
ईएनटी बिभागका प्रमुख डा. शर्माले अस्पतालमा आएका बिरामिलाई ‘उपकरण छैन मेरो क्लिनीकमा आउनुस्’ भन्दै बिरामि लाने गरेको अस्पताल स्रोतको दाबि छ ।


डा. शर्माले अस्पताल नजिकै रहको  पुष्पा फर्मा र लुम्बिनी नसिङ्ग होममा बिरामि लाने गरेको पाइएको छ । डा. शर्मा अस्पताल भन्दा  क्लिनीकमा बढि भेटिन्छन् । इएनटि बिभागका उपकरण सञ्चालनका लागि अस्पतालका अहेब मोतिलाल आर्चायलाई २ बर्ष अघि तालिम दिएपनि उनलाई आकस्मिक बिभागमा खटाइएको छ । डा. शर्माकै दवाबमा आचार्यलाई आकस्मिकमा खटाइएको स्रोत बताउँछ ।



केही महिना अगाडि पनि अस्पतालले १० दिनको रिफेसन्स तालिम लिनको लागी आचार्यलाई पठाउने तयारी गरेकोमा डा. शर्माले रोकेको अस्पतालका पूर्व मेडिकल सुपरीटेण्डेण्ट डा. राम शकंर ठाकुरले बताए । सरुवा भए बिरगञ्ज उपक्षेत्रिय अस्पतालमा पुगेका डा. ठाकुरले बिभाग प्रमुख रहेका डा.शर्माकै कारण अस्पतालको ईएनटि बिभाग धरासायी भएको बताउछन् । अस्पतालले अडियो ग्राम परीक्षणको १२५ रुपिया र त्रिपान्ने ग्रामको १०० रुपैया लिने गरेको थियो । तर डा. शर्माले निजी क्लिनिकमा अडियो ग्रामाको ४ सय र त्रिपान्ने ग्रामको ५सय रुपीया लिने गरेका छन् ।



अस्पतालका अुनुसार दैनिक ७० भन्दा बढि बिरामी ईएनटी बिभागमा आउने गरेका छन् । तर अधिकांस बिरामी निजीमा पुर्याइन्छन् । अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट डा. तारानाथ पौड्लयले आफु भर्खर नियुक्त भएकाले यसबारेमा जानकारी नभएको बताउछन् । ‘के कारणले सेवा बन्द भएको बुझेर समस्या समाधान गरीने छ’ डा. पोड्यालले भने ।


अहेब आर्चायले १० दिनको रिफेन्स तालिम दिए सबै परीक्षण गर्न सक्ने बताउछन् । ‘बिभागले चासो नदिएर सेवा नै ठप्प भएको छ’ आचार्यले भने । डा. शर्माले भने आरोप अस्विकार गर्दै अस्पताल प्रशासनलाई दोष दिन्छन् । अस्पतालका मेडिकल रेर्कड अधिकृत लक्ष्मीराज रेग्मीले सेवा बन्द भएको स्विकार गर्र्दै कारण थाहा नभएको बताउछन् ।
Source

No comments:

Post a Comment