Sunday, June 29, 2014

सरकारको स्वास्थ्य नीति तथा कार्यक्रम !!



‘स्वस्थ महिला र बच्चा, स्वस्थ्य जनशक्तिको आधारशीला’ भन्ने नारालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यान्वयन गर्ने भएको छ ।


राष्ट्रपति डा रामवरण यादवद्वारा आज व्यवस्थापिका–संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा सो उल्लेख गरिएको छ ।


कार्यक्रममा महाकाली, सेती, भेरी, राप्ती र लुम्बिनी अञ्चल अस्पतालबाट सिक्कलसेल एनिमिया उपचार सेवा उपलब्ध गराईने उल्लेख गरिएको छ ।








सबै जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकको दरबन्दी थप गरिने, स्वास्थ्य केन्द्रबाट क्रमशः आधारभूत स्वास्थ्य प्रयोगशाला परीक्षण सेवा उपलब्ध गराइने, प्राविधिक जनशक्ति गाउँमा पठाउन दुर्गम क्षेत्र स्वास्थ्य जनशक्ति विशेष कार्यक्रम कार्यान्वयन गरी दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराइने उल्लेख छ ।


नीति तथा कार्यक्रममा जिल्ला अस्पतालमा बालरोग, प्रसुती, सर्जरीसहितका सेवा उपलब्ध गराउन शिक्षण अस्पतालले अनिवार्यरुपमा तोकिएका जिल्लामा विशेषज्ञ सेवा दिनैपर्ने व्यवस्था लागू गरिने कुरा समावेस गरिएको छ ।


जिल्ला अस्पतालको भौतिक अवस्था सुधार गरी उपचारात्मक सेवाको विस्तार गरिने, सेती, भेरी र जनकपुर अञ्चल अस्पताल तथा नारायणी उपक्षेत्रीय अस्पतालबाट डायलोसिस र रेडियोथेपारी सेवा उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।


नीति तथा कार्यक्रममा नयाँ स्वाथ्य नीति तर्जुमा गरी लागू गरिने, राष्ट्रिय स्वास्थ बिमा कार्यक्रम सञ्चालन गरिने, स्थानीय आवश्यकताअनुसार औषधि आपूर्ति गर्ने, निःशुल्क वितरण हुने औषधिको सङ्ख्या विस्तार गरिने, पाँचै विकास क्षेत्रमा लागुऔषध दुव्र्यसनी पुनःस्थापनासम्बन्धी कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।


साथै निजी क्षेत्रका अस्पतालबाट समेत निःशुल्क प्रसुती सेवा उपलब्ध गराइने व्यवस्था मिलाइने, निजी क्षेत्रका अस्पतालले दिनुपर्नै निःशुल्क सेवा गरिब र विपन्नको पहुँचमा पु¥याउने गरी व्यवस्था मिलाइने, आङ खस्ने र फिष्टुला जस्ता रोगको उपचारलाई विस्तार गरिने र भेरी र जनकपुर अञ्चल अस्पतालमा मुटु रोगको उपचार सुरु गरिने नीति तथा कार्यक्रममा रहेको छ । रासस

No comments:

Post a Comment