Tuesday, June 24, 2014

बिरामी बटुल्न एम्बुलेन्स चालकलाई अस्पतालको कमिसन

बाहिरी जिल्लाबाट उपचारका लागि काठमाडौं जाने बिरामीलाई एम्बुलेन्स चालकले अस्पताल छान्न नदिने गरेको पाइएको छ । चालक र अस्पताल सञ्चालकसँगको मिलेमतोमा गम्भिर प्रकृतिका बिरामीले उनीहरुले तोकेअनुसारको अस्पताल पुग्नुपर्ने बाध्यता छ ।आजको नागरिक दैनिकले समाचार छापेको छ । यसबापत एम्बुलेन्स चालकले सम्बन्धित अस्पतालबाट मोटो कमिसन लिने र त्यो रकम अस्पतालले विरामीबाट उपचारको बहानामा असुल्ने बताइन्छ । आफ्नो अस्पतालमा बिरामी ल्याउने सेटिङ मिलाउन सञ्चालकहरुले सामूहिक रुपमै एम्बुलेन्स चालकलाई भेट्ने गरेका छन् । शनिबार भरतपुरको फेमिली रेस्टुरेन्टमा एम्बुलेन्स चालकहरुको भेला थियो । उनीहरुलाई भेट्न काठमाडौंस्थित ग्रान्डी अस्पतालका प्रतिनिधि आएका थिए । ‘अस्पतालको सेवासुविधाबारे जानकारी दिन दभेला राख्ने भन्छन्,’हामी साथी जुटाइएदिन्छौँ,’चितवनका एम्बुलेन्स चालकको संस्थाका अध्यक्ष लामिछानेले भने । तर भेलामा अस्पतालमा बिरामी ल्याइदिएबापत चालकलाई प्राप्त हुने कमिसनबारे मात्रै मोलमोलाई चल्ने सहभागी बताउँछन् । चितवनमा १ सय ३५ एम्बुलेन्स छन् । बढीजस्तो काठमाडौमा नयाँ खुलेका अस्पतालका प्रतिनिधि चितवन आएर चालक फकाउने गरेका छन् । - See more at: http://www.onlinekhabar.com/2014/06/162684/#sthash.LxZNPyKP.dpuf

No comments:

Post a Comment