Thursday, June 26, 2014

प्रधानमन्त्री सुशील कोइरालालाई फोक्सोको क्यान्सर



प्रधानमन्त्री सुशील कोइरालालाई फोक्सोको क्यान्सर भएको पुष्टि भएको छ। उनको आजैदेखि केमोथेरापी सुरु गरिएको छ ।
प्रधानमन्त्री कोइरालाको बुधबार दोस्रोपटक फोक्सोको बायोप्सी परीक्षण गरिदा क्यान्सर भएको पुष्टि भएको हो । उनको न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा परीक्षण भइरहेको छ ।
प्रधानमन्त्रीसँगै गएका चिकित्सक करवीरनाथ योगीका अनुसार चिकित्सकको सुझावपछि कोइरालालाई रेडियोथेरापी दिन  थालिएको हो ।
फोक्सोमा दाग देखिएपछि गत २ असारमा अमेरिका गएका प्रधानमन्त्री कोइरालाको दुईपटक फोक्साको बायोप्सी गरिएको थियो ।
कोइरालानिकटका अनुसार उनको क्यान्सर उपचारका लागि रेडिएसनको मात्रा थाहा नभइसकेकाले सोहीअनुसार प्रधानमन्त्री कोइरालाको न्युयोर्क बसाइ तय हुनेछ।
क्यान्सर अन्य अंगमा नफैलिइसकेपनि ब्रोङकाइटिसका कारण शल्यक्रिया नगरी रेडियोथेरापी गर्न लागिएको हो । प्रधानमन्त्री कोइराला अहिले न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि दुर्गा भट्टराईको क्वार्टरमा बसेका छन् ।
- See more at: http://swasthyakhabar.com/2014/06/12088.html#sthash.fB3mrH45.dpuf

No comments:

Post a Comment