Wednesday, August 7, 2013

एमबिबिएस अध्ययनरत २० बिद्यार्थी कलेजबाट निस्कासित

एमबिबिएस अध्ययनरत २० बिद्यार्थी कलेजबाट निस्कासि



चिकित्शा शास्त्र अध्ययन संस्थान (आइओएम)ले त्रिभुवन विश्वबिद्यालय अन्तर्गतका मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत २० जना विद्यार्थीको भर्ना रद्ध गरी कलेजबाट निस्कासन गरेको छ । बोर्डले एमबिबिएस पहिलो बर्षको दास्रो सेमेस्टरमा ४ पटक सम्म फेल भएपछि भर्नारद्ध गर्ने गर्छ । आइओएम परीक्षा बोर्डको ५०१ औं बैठकले भर्ना रद्ध गर्ने निर्णय गरेको हो ।  भर्ना रद्ध गरेको जानकारी आइओएमले २०७० साउन ८ गते पत्रलेखि कलेजलाई जानकारी गराएको छ । बोर्डले जानकि मेडिकल कलेजका १८, चितवन मेडिकल कलेजका एक र आइओएमको एक गरी २० जनाको भर्ना रद्ध गरेको हो । भर्ना रद्ध गरेका बिद्यार्थीले पढ्न पाउदैनन् । एकैपटक एउटै कलेजमा अध्यनरत १८ जना बिद्यार्थीको भर्ना रद्ध गरेको यो पहिलो पटक हो ।


भर्ना रद्ध हुने विद्यार्थीको संख्या बढ्दै गएपछि यसवर्ष देखि आइओएमले विद्यार्थीलाई २ पटक सम्मका लागि अवसर दिने फ्याकल्टि बोर्डले निर्णय गरेको आइओएमका सहायक डिन डा. शरद वन्तले बताए । उनका अनुसार बिद्यार्थीले परीक्षा फराम नभरी परिक्षा नदिने लिखित निबेदन दिएमा वा कलेजले आग्रह गरेमा २ पटक सम्म परीक्षा नदिन पाउने छन् । यो कमजोर बिद्यार्थीलाई दिइएको अवसर हो । तर परीक्षा फाराम भरेर परीक्षामा सहभागी नभए फेल सरहनै परीक्षा काउन्ट हुन्छ ।


भर्ना रद्ध गरेका १८ बिद्यार्थीले गत बुधबार देखि जानकि मेडिकल कलेजमा आन्दोलन गरेका छन् । जानकिका रद्धमा परेका सबै बिद्यार्थी भारतीय नागरीक हुन् ।  जानकि कलेज स्रोतका अनुसार कलेजका सञ्चालक वाइपी पाण्डेले कुरा मिलाउछु भन्दै बिद्यार्थीलाई आश्वासन दिएका थिए । उनले कुरा मिलाउन नसकेपछि बिद्यार्थी आक्रोसित भएर आन्दोलनमा लागेका हुन् । (source: swasthey khabar patrika)

No comments:

Post a Comment