Saturday, September 22, 2018

History of Radiography in Nepal






#साभार गरिएको 
रेडियोग्राफीलाई किन
बेवास्ता ?

नेपालले सन् १९२३ मा एक्स–रे मेसिन भित्र्याइको
झण्डै एक शताब्दी पार गर्न लाग्दा पनि यो पेशालाई
वास्ता गरिएको छैन । आजसम्म वास्ता नगरिएको वा
हेपिएको पेशा मान्नुको कारण मेडिकल रेडियोग्राफी
पेशाकर्मीहरुको क्रमागत, संरचनागत तथा नीतिगत
विकासमा ध्यान नदिनुलाई मान्न सकिन्छ ।

अस्पतालमा विरामीको रोगहरुको पहिचान तथा
उपचारको लागि प्रयोग हुने रेडियोलोजिकल
प्रविधिलाई जीवनवृतिको साधनका रुपमा मान्ने
तालिमप्राप्त प्राविधिक स्वास्थ्यकर्मीहरुलाई
रेडियोग्राफर भन्ने गरिन्छ । रेडियोलोजी चिकित्साको
एक विषेश क्षेत्र हो जहाँ मेडिकल इमेजिङ्ग प्रविधि
प्रयोग गरेर रोगहरुको पहिचान तथा निदान गरिन्छ ।

हाल जुनसुकै मुलुकमा रेडियाग्राफी वा
रेडियोग्राफरहरुलाई आधारभूत स्वास्थ्य सेवा पु–
याउने स्वास्थ्यकर्मीहरुको रुपमा हेरी सोको समुचित
विकास गराइएको पाईन्छ तर नेपालको सन्दर्भमा
यसलाई नीतिगत, प्रक्रियागत तथा संरचनागत रुपमा
सधंै पछाडी पारिँदै आएको छ । यसका अनेकौं
उदाहरण छन् । हालसम्म राज्यले पेशाकर्मी तथा
बिरामीमैत्री नीति नियमको अवलम्बन नगरिदिनु, सन्
१९३६ मा त्रिचन्द्र इलेक्ट्रेमेडिकल इन्सिटिच्युटबाट
शुरु भएको यस बिधाको अध्यापन कार्यको गुणस्तर
कायम गर्न पहलकदमी नलिनु जस्ता रहेका छन् ।

तसर्थ अब नेपालले हालका कमिकमिजोरीहरुलाई
आधार मानेर पेशाकर्मीहरुको बर्तमान अवस्था तथा
चुनौतीलाई केलाइ सोको उचित निराकरण लागि
मार्गप्रशस्त गर्नुपर्ने बेला आइसकेको छ ।
सरोकारवालाहरु जस्तैः स्वास्थ्य तथा जनसंख्या
मन्त्रालय, स्वास्थ्य व्यावसायी परिषद्, सम्बद्व कलेज
तथा सीटीईभीटी र सरोकारवाला पेशाकर्मीहरुको
संघसंगठनहरुले उचित कदम चाल्नुपर्ने आवश्यकता
देखिन्छ ।

नेपालमा हाल डाईनोग्टिस(निदानात्मक) विधाको
मात्र अध्यायपन हुँदै आएता पनि अर्को रेडियोथेरापी
विधाको छुट्टै पढाइ हुन सकिरहेको छैन । हाल यी
दुवै विधालाई समेटेर अध्ययन गराइएता पनि उक्त
विधाहरुको विशिष्टीकरण गर्ने प्रयास भएको छैन ।

नेपालमा रेडियोग्राफी शिक्षाको विकास भएको हाल
झण्डै ८ दशक पार गर्न लाग्दा पनि यो विषयको
नेपालमा प्रवीणता प्रमाणपत्र तहका १८ वटा, स्नातक
तहका ३ तथा स्नाकोतर तहका जम्मा १ वटा शिक्षण
संस्थाहरु रहेका छन् । वर्षेनी क्रमशः ३० जना, ५–१०
जना र ३–५ जनाले शिक्षित हुने अवसर प्राप्त गर्दछन्
। प्रविणता प्रमाणपत्र तहको संख्या नेपालको
जनसंख्याको लागि उचित माने पनि भौगौलिक
वितरणको हिसाबले यो न्यायसंगत छैन भने बाँकी
तहको हकमा संख्यात्मक हिसाबले कमी भैरहेको
बेला भौगोलिक समानताको त कुरै भएन । तर,
भएकै शिक्षण संस्थाहरुमा गुणस्तरीयतका लागि
चाहिने रेडियोलोजी फाँटमा आवश्यक उपकरण
तथा भौतिक संरचनाको अभाव, गुणस्तरीय शिक्षक
तथा पाठ्यक्रम, उपयुत शिक्षण सामग्री, बाह्य तथा
आन्तरिक अभ्यास जस्ता कुराहरुको सदा अभाव
देखिँदै आएको कुरालाई नकार्न सकिदैन । जसले
गर्दा यस्ता कार्यहरु अन्तराष्ट्र्रिय मापदण्ड भित्र नपर्दा
आजको विश्व बजारमा हाम्रा उत्पादनहरुले उचित
स्थान पाउन निकै मुश्किल हुने गरेको छ ।

सन् १९७३ मा त्रिविले शुरु गरेको प्रविणता प्रमाणपत्र
तह सीटीइभीटीलाई हस्तान्तरण गर्ने उघद्देश्यले सन्
२००८ मा स्थगन गरी सन् २०११ बाट त्रिविबाट नै यो
बिषयलाई फेजआउट गरिएको छ । हाल यस तहको
अध्यायन अध्यायपन १८ वटा सीटीईभीटी वा उसका
मान्यता प्राप्त संस्थाहरुले गर्दै आएको भएता पनि
न्युनतम खर्चमा गुणस्तरीय अध्ययन गर्नबाट बिद्यार्थी
आजपनि बञ्चित हुनका साथै सीटीइसीटीइभीटीले
आफूले पाएको जिम्मेवारीको शाख जोगाउन पनि
सकिरहेको छैन । अर्को तर्फ नेपालमा हाल
डाईनोग्टिस(निदानात्मक) विधाको मात्र- अध्यायपन
हुँदै आएता पनि अर्को रेडियोथेरापी विधाको छुट्टै
पढाइ हुन सकिरहेको छैन । हाल यी दुवै विधालाई
समेटेर अध्ययन गराइएता पनि उक्त विधाहरुको
विशिष्टीकरण गर्ने प्रयास भएको छैन । यसका अलवा
नेपालमा न्युक्लियर मेडिसिन थता अल्ट्रासाउण्ड
सम्बन्धिको पढाई नहुँदा उक्त शिक्षाको लागि विदेश
जानुपर्ने बाध्यता पनि रहेको छ । यसतर्फ पनि
सरोकारवाले ध्यान दिनु जरुरी छ । हालसम्म यि
बिधाका स्वास्थ्यकर्मीहरु बिदैशबाट नै पढेर
आउनुपर्नै बाध्यता पनि रहेको छ ।

हरेक अध्ययनको आशय ज्ञान हासिल गर्नुमात्र नभइ
जिविकोपार्जन गनुपर्ने पनि हुन्छ तर नेपाली
रेडियोग्राफी पेशाकर्मीहरुको यी दुबै अवस्था भने
दयनिय नै भएको हालका अवस्थाले बोध गराउँछ ।
बर्षेनी सयै बिद्यार्थीहरु यस पेशामा आएपनि यस
पेशामा उपयुक्त सजकता नअपनाउँदा हुने हानीको
कारणले गर्दा आर्कषण घटेपनि प्रविधिमा आएको
विकासले भने यस पेशालाई थप आर्कषण बढाउँदै
लगेको छ । नेपालमा यस पेशाकर्मीहरु मुलतः नीजि
संस्थाहरुमा बढी कार्यरत छन् भने बाँकी सरकारी,
सामुदायिक तथा केही नगण्य चाहिँ सेना तथा
प्रहरीमा कार्यरत रहेका छन् । कतिपयले आफ्नो पेसानै परिवर्तन गरेका छन ।

Saturday, August 18, 2018

Bachelor entrance exam notice Bpkihs Dharan

Bachelor entrance notice 2075/2018

IOM entrance notice
Details....

Tuesday, August 7, 2018

बुटवलका अधिकांश एक्सरे सेवा मापदण्डविपरीत


बुटवलका अधिकांश एक्सरे सेवा मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले बुटवलमा गरेको अनुगमनका क्रममा विभिन्न अस्पताल, निजी क्लिनिक, पोलिक्लिनिकलगायतमा एक्सरे सेवा उपलब्ध गराउँदैआएको जनशक्तिले अनुभवका आधारमा मात्र काम गरिरहेको जनाएको छ ।
मैले पाँच वर्षको अनुभवका आधारमा मात्र काम गरिरहेको छु,” बुटवलस्थित सन्तोष मेडिकलको एक्सरे सेवामा कार्यरत मीनबहादुर जिसीले भने । उनले एक्सरे गर्न जानेको व्यक्तिसँग सिकेका आधारमा सो काम गरेको बताए।
बुटवलस्थित मंगलम पोलिक्लिनिकको एक्सरे सेवामा कार्यरत हार्दिककुमार श्रेष्ठले सिएमए पास गरेका छन् । उनले एक्सरे सेवामा नियमित काम गर्दै आएका छन् । सो पोलिक्लिनिक बिनादर्ता अवैधरूपमा सञ्चालनमा छ । सो पोलिक्लिनिकका कार्यकारी निर्देशक मनोज पन्तले दर्ता प्रक्रियामा रहेको बताए । परिषद्ले अनुगमन गरेका केही ठाउँबाहेक अधिकांश एक्सरे सेवा बन्द गरिएको छ ।
बुटवलको मेडिटेक इन्टरनेशनल अस्पताल प्रालि र बुटवल हस्पिटल प्रालिमा पनि दक्ष जनशक्ति छैन । दक्ष जनशक्ति नहँुदा अनुभवका आधारमा एक्सरे सेवा प्रदान गरिँदै आएको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्का निरीक्षणविज्ञ एवं नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेशकुमार झाले परिषद्मा दर्ता नभइ एक्सरे सेवा सञ्चालन गर्न नपाउने बताए । उहाँले बुटवलको एक्सरे सेवाको गुणस्तरीय नभएको बताए । बिरामीको स्वास्थ्यमा खेलवाड गरिएको उल्लेख गर्दै उनले बुटवलमा रेडियोग्राफरको संख्या पनि न्यून रहेको बताए ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्का निरीक्षणविज्ञ नारायण शर्माले बुटवलका एक्सरे सेवा कक्ष मापदण्डअनुसार सञ्चालन नभएको बताए । एक्सरे सेवा दिँदै आएका सञ्चालकले एक्सरे कक्षको क्षेत्रफल बढाउने, एक्सरे सेवामा रेडियोग्राफर राख्ने र एक्सरे सेवा दिँदा विकीरण (रेडिएसन)बाट बच्न सतर्कता अपनाउने आश्वासन दिएका छन् । परिषद्ले बुटवलको लुम्बिनी नर्सिङहोम, तिलोत्तमा अस्पताल, पुष्पा फार्म, लुम्विनी एक्सरे सेवा र आस्था एक्सरे सेवाको पनि अनुगमन गरेको थियो । रासस


Monday, July 30, 2018

X-ray Discovery !!



How X-ray was discovered??


एउटा काम गर्दै जाँदा गल्तीका कारण अर्कै नतिजा निस्कियो भने हामीलाई झोँक चल्ने गर्छ । तर, कतिपय गल्ती यस्ता पनि छन्, जसले मानव जीवनलाई सहज बनाउने काम गरेका छन् ।


सन्की भौतिकशास्त्रीका रूपमा चिनिएका विलहेल्म रोन्टजेनले अर्कै काम गर्दागर्दै एक्स–रे आविष्कार गरेका हुन् । उनी क्याथोडिक रे ट्युब बनाउन खोजिरहेका थिए । कामकै सिलसिलामा ट्युबबाट आएको ज्योति अपारदर्शी कपडामा ठोक्किएको उनले देखे । त्यतिबेला उनको आश्चर्यको सीमा रहेन जतिबेला उनले ट्युबबाट निस्किएको ज्योतिको सहायताले अपारदर्शी कपडापछाडि राखिएका कागज बाहिरबाटै देखे ।




त्यसपछि उनले यसको प्रयोग श्रीमतिको हातमा गरे । सन् १८९५ नोभेम्बर ८ मा विलहेल्म रोन्टजेनले पहिलो पटक आफ्नी श्रीमतिको हातको एक्सरे फिल्म निकाल्न सफल पनि भए । उनको यो अविष्कारले रेडियोलोजिको शुरूवात गरेको हो। यही कारण अहिले नोभेम्बर ८ का दिन विश्व रेडियोलोजी दिवस मनाउन थालिएको छ । त्यहि आविष्कारका लागि सन् १९०१ मा नोबल पुरस्कार द्वारा उनलाइ सम्मानित गरिएको थियो।

यसरी एक्स–रेको आविष्कार भयो र शरीरभित्रका अंगको अध्ययनमा यसले ठूलो क्रान्ति ल्याइदियो ।

डा सुजित कुमार झाका अनुसार रेडियोलोजि भन्नाले सामन्यतया: विभिन्न तरिकाले शरिरको चित्र निकालेर शरीरको रोग पत्ता लगाउने र उपचार गर्ने एउटा चिकित्सकिय संकाय हो। यस अन्तर्गत एक्सरे, फ्लुरोस्कोपि, एन्जियोग्राफि, म्यामोग्राफि, अल्ट्रासाउन्ड, सिटि स्क्यान, पेट, एमआरआइ हरु पर्दछन्। त्यस्तै गरि यिनिहरुको प्रयोग गरेर शरीरमा अत्यन्त सानो घाउ बनाएर गर्ने अपरेसनहरु इन्टरभेन्सन रेडियोलोजी अन्तर्गत पर्दछन्।




बिरामि जाँच भन्नाले सामान्य रुपमा हाम्रो बुझाइ स्टेथोस्कोप (आला) ले बिरामी जाँच्ने र औषधि सेवन पछि निको हुने भन्ने रहन्छ। विज्ञानको दिनानुदिनको बढ्दो अन्वेषण सँगै चिकित्सा विधि पनि परिमार्जित हुँदै गएको छ। अब बिरामिको रोग पत्ता लगाउन रगत , पिसाब, खकार शरिरका विभिन्न भाग लगायतको जाँचहरु आवश्यकता अनुसार नियमित हुन थालेका छन्। चिकित्सा विज्ञान भित्रका विभिन्न संकायहरुको सहकार्यले गर्दा बिरामिको रोग पत्ता लगाउने र निदान गर्ने काम झन सहज हुँदै आएको छ। यस्तै समन्वयकारि चिकित्सा विज्ञानको एउटा संकाय हो: रेडियोलोजि एण्ड इमेजिङ वा सामान्यतया रेडियोलोजि विभाग।