Saturday, July 28, 2018

रेडियोलोजी के हो ? What is Radiology?



रेडियोलोजी बिसय के हो ?
प्रसङ्ग १:पुरानो वानेश्वरका कक्षा ९ मा पढ्ने राजुलाई बेलुका ६ बजेतिर अण्डकोष साह्रै दुख्न थाल्यो। शुरुमा नजिकैको औषधि पसलमा लगेर नदुख्ने औषधि दिए। तर दुखाइ थामिएन, अनि नजिकैको एउटा मेडिकल कलेजमा लगे। त्यहाँ डाक्टरले अण्डकोषलाई खतरा हुन सक्ने औल्याएर अपरेसन गर्नुपर्ने भनें। रातिको समयमा अल्ट्रासाउन्ड गर्न नमिल्ने भनेर उनिलाई शिक्षण अस्पताल महाराजगन्ज पठाइयो। आकस्मिक विभागमा गरिएको अल्ट्रासाउन्डले उनको अन्डकोषमा रक्तसञ्चार ठिक रहेको देखायो। उनको अण्डकोषको कुनै शल्यक्रिया गर्नुपर्ने देखिएन। केही दिनको औषधि पछि उनलाई सकुशल डिस्चार्ज गरियो।
प्रसङ्ग २:समिर र मुनाको १४ महिनाको छोरा बेलुका ६ बजेबाट अरु बेला भन्दा धेरै बढी रुन थाल्यो। रुदा जिउ हाथ चलाउन थाल्यो र दिसामा रगत देखियो। हतार हतार उनिलाइ कान्तिबाल अस्पताल पुर्‍याइयो। त्यहाँका डाक्टरले उनिलाई आन्द्रा भित्र आन्द्रा पसेको हुन सक्ने शंका लागेर अल्ट्रासाउन्ड गर्न शिक्षण अस्पताल महाराजगन्ज पठाए। आकस्मिक विभागमा गरिएको अल्ट्रासाउन्डमा उनको आन्द्रा भित्र आन्द्रा पसेको "इन्टुसुसेप्सन" भएको देखायो। त्यसपछि उनिलाई "फ्लुरोस्कोपि" मेसिनको मुनि राखेर दिशा गर्ने ठाउबाट पाइप पसाएर प्रत्यक्ष आन्द्रा हेर्दै बिग्रेर बसेको आन्द्रालाई नचिरिकन पहिला जस्तै बनाइयो। दुई दिनपछि बच्चालाई डिस्चार्ज गरियो।
प्रसङ्ग ३:लामो समय देखि ज्वरो र पेट दुख्ने भैराको १७ बर्षकि राधालाई अल्ट्रासाउन्डमा मृगौला वरिपरि पिप जमेको हुन सक्ने भन्दै बर्दिबासबाट काठमाडौं पठाए। सर्जरी विभागले मृगौला वरिपरि जमेको पिप निकाल्न पाइप हाल्ने योजना बनाएर रेडियोलोजि विभागमा पठाए। राधाको मृगौला वरिपरि नचिरिकन नेफरोस्टिमि पाइप हालियो र पिप निकालियो।
प्रसङ्ग ४:जलेश्वरका २२ वर्षिय सिताराम लाई विगत एक महिना बाट ज्वरो आउने जाने भैरह्यो। जनकपुर अञ्चल अस्पतालमा गरिएको एक्सरेमा उनको छातिमा पानि भरिएको देखायो। त्यो पानिको जाँच गराउदा उनलाई क्षयरोग भएको देखियो। त्यसपछि नियमित औषधि सेवन पछि उनि निको भए।
प्रसङ्ग ५:नेपालगञ्जका ३८ वर्षिय मनोज पसलमा बसिरहँदा एक्कासि झट्का आयो। उनलाई भेरी अञ्चल अस्पताल लगियो। त्यहा डाक्टरले उनको टाउकोको सिटि स्क्यान गर्नु पर्ने सुझाए। रेडियोलोजी विभागले उनिलाई "न्युरोसिस्टिसर्कोसिस" नामक किराले दिमागमा अण्डा पारेको रोग लागेको औल्याए। त्यसपछी केहि हप्ताको औषधि पछि उनि निको भए।
प्रसङ्ग ६:कपनका ६६ वर्षिय दिपकको ३ दिनदेखि मुखबाट अत्यधिक रगत आउन थाल्यो। शिक्षण अस्पताल महाराजगन्जमा उनको जाँच गर्दा फोक्सोबाट रगत आइरहेको ठहर गरियो। त्यसपछि उनलाई रक्तस्राव रोक्न रेडियोलोजि विभागमा पठाइयो। त्यहाँ उनको एन्जियोग्राफिक क्वालिङ गरेर रगत आउने ठाउँलाई कम्प्युटरमा हेरेर बन्द गराइयो। उनको रगत आउन बन्द भयो।
माथि उल्लेख गरिएका प्रसङ्गहरु चिकित्सा विज्ञानको एउटा पृथक पाटोको रुपमा रेडियोलोजिको प्रयोग देखाइएको छ। बिरामि जाँच भन्नाले सामान्य रुपमा हाम्रो बुझाइ स्टेथोस्कोप (आला) ले बिरामी जाँच्ने र औषधि सेवन पछि निको हुने भन्ने रहन्छ। विज्ञानको दिनानुदिनको बढ्दो अन्वेषण सँगै चिकित्सा विधि पनि परिमार्जित हुँदै गएको छ। अब बिरामिको रोग पत्ता लगाउन रगत , पिसाब, खकार शरिरका विभिन्न भाग लगायतको जाँचहरु आवश्यकता अनुसार नियमित हुन थालेका छन्। चिकित्सा विज्ञान भित्रका विभिन्न संकायहरुको सहकार्यले गर्दा बिरामिको रोग पत्ता लगाउने र निदान गर्ने काम झन सहज हुँदै आएको छ। यस्तै समन्वयकारि चिकित्सा विज्ञानको एउटा संकाय हो: रेडियोलोजि एण्ड इमेजिङ वा सामान्यतया रेडियोलोजि विभाग।
सन् १८९५ नोभेम्बर ८ मा विलहेल्म रोन्टजेनले पहिलो पटक आफ्नी श्रीमतिको हातको एक्सरे फिल्म निकालेर रेडियोलोजिको शुरूवात गरेका थिए। त्यहि आविष्कारका लागि सन् १९०१ मा नोबल पुरस्कार द्वारा उनलाइ सम्मानित गरिएको थियो। रेडियोलोजि भन्नाले सामन्यतया: विभिन्न तरिकाले शरिरको चित्र निकालेर शरीरको रोग पत्ता लगाउने र उपचार गर्ने एउटा चिकित्सकिय संकाय हो। यस अन्तर्गत एक्सरे, फ्लुरोस्कोपि, एन्जियोग्राफि, म्यामोग्राफि, अल्ट्रासाउन्ड, सिटि स्क्यान, पेट, एमआरआइ हरु पर्दछन्। त्यस्तै गरि यिनिहरुको प्रयोग गरेर शरीरमा अत्यन्त सानो घाउ बनाएर गर्ने अपरेसनहरु इन्टरभेन्सन रेडियोलोजी अन्तर्गत पर्दछन्।
एक्सरे
एक्सरे विकिरणको प्रयोग गरेर शरिरका विभिन्न भागको श्यामश्वेत चित्र तयार पारिन्छ। शरिरको हड्डी भाचिएमा वा फोक्सो सम्बन्धि जानकारि लिन एक्सरेको सामान्यतया प्रयोग गरिन्छ। एक्सरे ले छेड्न नसक्ने बेरियम जस्ता कन्ट्रास्टको प्रयोग गरेर आन्द्रा, पेट लगायतका घाउ, क्यान्सर हेर्न सकिन्छ।
फ्लुरोस्कोपी/एन्जियोग्राफि/म्यामोग्राफि
फ्लुरोस्कोपीले लगातार न्यून एक्सरेको प्रयोग गरि प्रत्यक्ष भिडियो चित्र बनाउँछ। यसबाट शरीरका विभिन्न अङ्गहरु प्रत्यक्ष कम्प्युटरमा हेर्दै सानो मात्र घाउ बनाएर शल्यक्रिया गर्न सकिन्छ। यसमा बेरियम र आयोडिनको प्रयोग गरेर पाचन नलि र रक्तनली हेर्ने तथा विभिन्न अङ्गको कार्यप्रणालिलाई प्रत्यक्ष हेर्न सकिन्छ।त्यस्तैगरि एन्जियोग्राफिमा शरीरमा एक्सरे ले छेड्न नसक्ने कन्ट्रास्टको प्रयोग गरेर एक्सरेको सहायता द्वारा रक्तनलि र मुटु हेर्ने गरिन्छ। हृदयघातको खतरालाई पूर्वानुमान गर्न यसले मद्दत गर्दछ।म्यामोग्राफिमा पनि न्यून एक्सरे प्रयोग द्वारा स्तनको गाँठाहरु तथा अन्य समस्याको जाँच गरिन्छ।
सिटि स्क्यान
सिटि स्क्यानमा मानिस वरिपरि एउटा गोलाकार मेसिन हुन्छ, जसले लगातार एक्सरे र कम्प्युटरको सहाराले शरिरको विभिन्न तह तहमा विभिन्न कोणबाट चित्र जोडेर ३ डाइमेन्सल चित्र बनाएर शरिरका भित्री भागहरु अध्ययन गर्दछ। यसले सामान्यतया अरु प्रविधि भन्दा बढि विकिरण प्रयोग गर्दछ। यसको प्रयोग चिकित्सा संकाय बाहेक पुरातत्त्व विज्ञानले पनि विभिन्न अन्वेषणका निमित्त गर्दछ।
एमआरआइ
एमआरआइ मा चुम्बकको प्रयोगले शरीर भित्रको पानिमा रहने हाइड्रोजनको न्यूक्लियस (प्रोटोन) लाई उत्तेजित पारेर शरीरका भित्री अङ्गहरुको चित्र कोरिन्छ। यसमा शरीरलाई विकिरणको खतरा रहदैन। तर चुम्बकले आकर्षण गर्न सक्ने साधन प्रयोग गरेका हरुमा यसको प्रयोग खतरापूर्ण हुन्छ। रगतमा अक्सिजनको मात्रा हेरेर गरिने एफ-एमआरआइ को प्रयोग द्वारा विभिन्न उत्तेजना प्रति हाम्रो दिमागले दिने प्रतिक्रियाको अध्ययन गरेर मानसिक स्वास्थ्य सम्बन्धि अध्ययन गर्न मद्दत गर्दछ।
अल्ट्रासाउन्ड
अल्ट्रासाउन्डले हामिले सुन्नसक्ने भन्दा बढी आवृत्तिको ध्वनी प्रयोग गरेर, त्यसबाट आउने प्रतिबिम्बको अध्ययन गरेर शरीरका भित्रि भागहरुको चित्र कोर्ने तथा शरिरको कुनै भागमा रगतको प्रवाह रहेको नरहेको पत्ता लगाउने गर्दछ। विकिरणको खतरा नहुने यस प्रविधिद्वारा गर्भावस्थामा भ्रुणको स्वास्थ्य जाँच गरेको सायद हामी सबैले देखिसकेको हुनुपर्दछ। सबैभन्दा कम समयमा शरीरका भित्री अङ्गको जानकारी दिने भएकाले आकस्मिक बेलामा यसको प्रयोग अति महत्त्वपूर्ण हुन्छ। यसको प्रयोग गरेर विभिन्न शल्यक्रियाहरु बढी सुरक्षित तरिकाले गर्न सकिन्छ।
इलास्टोग्राफिमा अल्ट्रासाउन्ड वा एमआरआइको प्रयोग गरेर अङ्ग हरुको लचिलोपना मापन गरि विभिन्न रोगको बारेमा अध्ययन गरिन्छ। टेक्टाइल इमेजिङमा स्पर्शलाई चित्रमा परिणत गरेर स्तन, प्रोस्टेट, मांसपेशी लगायतको अध्ययन गरिन्छ।
इन्टरभेन्सनल रेडियोलोजी
यस अन्तर्गत माथिका विभिन्न प्रविधिको प्रयोग द्वारा सानो मात्र घाउ बनाएर रोग पत्ता लगाउने तथा निदान गर्ने गरिन्छ। शरीरका भित्री अङ्गहरु बाट पिप, पानी वा मासुको टुक्रा निकाल्ने; मुटु, कलेजो, मृगौला लगायत अन्य अङ्गमा पाइप लगाएर बन्द भएको प्रवाहलाई पुन: खोल्ने; रक्तस्राव लाई रक्तनलिमा क्वाइल हालेर रोक्ने; शरीरका रक्तनलीमा अनावश्यक प्रवाह रोक्न फिल्टर लगाउने; क्यानसर ग्रस्त भागलाई काटेर निकाल्ने तथा जाँचको लागि स्याम्पल निकाल्ने; दिमागमा रक्तस्राव भएमा रोकथाम गर्ने, पक्षघातको उपचार गर्ने लगायतका कार्य हरु पर्दछन्।
जोखिम
विकिरणको प्रयोगले बिरामीमा विभिन्न खतरा समेत हुने गर्दछन्। त्यस्तै रेडियोलोजिमा काम गर्ने रेडियोलिजिस्ट तथा रेडियोग्राफरहरु विकिरण लगायतको उच्च जोखिममा हुन्छन्। फ्लुरोस्कोपि लगायतमा काम गर्ने चिकित्सकहरु विकिरणको प्रत्यक्ष सम्पर्कमा बस्नु पर्दछ। लिड बाट बनेको एप्रोनले खतरा न्यूनीकरण गरेतापनि क्यानसर, अन्धोपना, हाडजोर्नी लगायतको जोखिम रहन्छ।
रेडियोलोजिले अन्य चिकित्सा संकायहरु सँगको सहकार्यमा रोग पत्ता लगाउन र उपचार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। बढ्दो रिसर्च र प्रविधिको फड्कोले यो संकायलाई दिनानुदिन हिजो भन्दा बढी उत्कृष्ट बनाउदै लगेको छ। शरीर चिरेर नै गर्न पर्ने कति कार्यहरु आज शरीर नचिरिकनै सम्भव भएका छन्। अन्य विभिन्न संकायहरुको रोग पत्ता लगाउन र उपचार गर्ने रेडियोलोजिले सदैव हातेमालो गर्ने गर्दछ।
न्यून विकिरणको प्रयोग र न्यून जोखिम बहन द्वारा उच्च गुणस्तरको उपचार प्रवाह गर्न सक्नु नै रेडियोलोजिको प्रमुख उद्देश्य र भोलिको चुनौति हो।

Happy Anniversary Beer Hospital !!


काठमाडौं, १२ साउन : वीर अस्पताल आजबाट १२९ औं वर्षमा प्रवेश गरेको छ । देशकै ठूलो र पुरानो यो सरकारी अस्पतालले कयौं आरोव अवरोह पारगर्दै अहिलेको अवस्थामा आईपुगेको हो । सर्वसाधारण जनताका लागि भनेर श्री ३ वीर शमशेरले १९४६ साल साउन १२ गते सर्वसाधारणका लागि वीर अस्पतालको स्थापना गरेका थिए । देशका सबै जिल्लाबाट उपचारका लागि आउने विरामीलाई सक्दो सेवा दिइरहेको वीर अस्पतालले पछिल्ला वर्ष सेवा सुविधा बढाउदै गइरहेको छ । ६ सय बेडको अत्याधुनिक अस्पताल भवन निर्माणसमेत शुरु भएको अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले बताए । आफु निर्देशक भएपछि अत्याधुनिक प्रविधि विस्तार तथा सेवा पनि विस्तार भएको र वीरमा छाती, बाथ रोग र हेमाटोलोजीसम्बन्धी विशेषज्ञ सेवा शुरु भएको उनले बताए ।








उनका अनुसार इमर्जेन्सी विस्तार कार्य भइरहेको छ भने इमजेन्सीलाई पेपरलेस बनाउने प्रक्रिया पनि अगाडि बढेको छ । रक्तक्यान्सर सेवा, क्यान्सर स्क्यानिङ सेवा, २४ घण्टा नै हेमोडाइलाइसिस सेवा र एचाईभी तथा हेपाटाइटिस पोजेटिभ बिरामीको पनि डाइलोसिस सेवा शुरु भएको बस्नेतले जानकारी दिए । पछिल्लो समय वीर अस्पतालको टिकट काउन्टरलाई डिजिटलाइज गराइएको छ भने रिफर भएर आउने बिरामीको लागि छुट्टै विशेषज्ञ टिकटको व्यवस्था पनि गरिएको छ । दुईवटा सिटीस्क्यान मेसिन जडान भइसकेको छ । त्यस्तै एमआरआई सेवा सञ्चालनमा आएको छ । एबीजी सेवा, इमर्जेन्सीमा अत्याधुनिक मेसिन जडान भएको अस्पतालले जनाएको छ । नेपालमा नै नभएको ग्याँस्टो.मेडिसिनको एलास्ट्रोग्राफी, आन्द्रा तथा खाना नलीको रोग पत्ता लगाउने म्यामोम्याट्री, कलेजोको कडापन पत्ता लगाउने फाइब्रोस्क्यान, फोक्सोमा मेसिन घुसाएर भिडियो एक्सरे गर्ने इबस सेवा पनि वीरमा शुरु भएका छन् ।









त्यसैगरी वीरले क्यान्सर रेडियसन थेरापीका लागि अत्याधुनिक कोबाल्ट मेसिन खरिद प्रक्रिया अगाडि बढाएको अस्पतालले जनाएको छ । मुलुकभर स्वास्थ्य बीमा लागू भएसँगै वीरले पनि स्वस्थ्य वीमा सेवा लागू गरेको छ । वीरले आफ्नै अत्याधुनिक २४ घण्टे औषधि पसल पनि शुरु गरेको छ । वीर अस्पतालको इमर्जेन्सी कक्षको अगाडि पुरानो नर्सिङ क्याम्पस भएको स्थानमा १७ रोपनी जग्गामा ६५० शैयाको अन्तराष्टिय मापदण्डको भवन निर्माण शुरु भइसकेको छ भने भक्तपुरको दुवाकोटमा रहेको ५७० रोपनी जग्गामा १००० शैयाको अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ ।









जापान सरकारको सहयोगमा पुरानो आईसीयू पछाडि अत्याधुनिक सेवा प्रदान गर्नका लागि १०० शैयाको छ्ट्टै भवन निर्माण भइरहेको छ । उक्त निर्माण कार्यको ४० प्रतिशत काम समाप्त भएको छ । उक्त भवनमा ३०–४० वेडको आईसीयू निर्माण हुने हुँदा आईसीयूको समस्या केही हदसम्म भए पनि कम हुने देखिन्छ ।







आर्थिक वर्ष ०७२÷०७३ मा तीन लाख १० हजार एक सय छ विरामीले वीरबाट उपचार सेवा पाएकोमा ०७३÷०७४ तीन लाख ८३ हजार छ सय ८३ विरामीले सेवा पाएका थिए । त्यसैगरी गएको आर्थिक वर्ष २०७४÷०७५ मा भने वीरबाट चार लाख एक हजार दुई सय नौ जनाले उपचार सेवा पाएको अस्पतालले जानकारी दिएको छ ।


हेल्थ टुडे,


















Medical colleges in Nepal !




Vacancy in Om Hospital Chahabil !



Friday, July 27, 2018

नेपालमा मेडिकल कलेजको संख्या कति, कहिले र कसरी स्थापना भए ?


नेपालमा मेडिकल कलेजको संख्या कति, कहिले र कसरी स्थापना भए ?
नेपालमा मेडिकल कलेजहरु जम्मा कति छन् ? सरकारी कति छन् ? निजी अर्थात् प्राइभेट कति वटा छन् ? एमबीबीएस मात्र पढाउने कति छन् ? बीडिएस मात्र पढाउने कति छन् ? पिजी पोष्ट ग्राजुयट अर्थात् एम डी मात्र पढाउने कति छन् ?   
यिनको संख्या सम्बन्धमा सञ्चार माध्यममा फरक फरक कुराहरु आएकाले प्रष्ट पार्नको लागि यो लेखिएको हो । चिकित्सा शिक्षामा अण्डर ग्य्राजुएट तह भनेर एमबीबीएस तहलाई भनिन्छ । ग्य्राजुएट तह भनेर पोष्ट ग्य्राजुएट अर्थात् एम डी तहलाई भनिन्छ ।

निजी क्षेत्रबाट मेडिकल कलेजका लागि भएका प्रयास
काठमाण्डौ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी पहिलो मेडिकल कलेजको रूपमा सन् १९९४ मा पोखरामा मणिपाल कलेज अफ मेडिकल साइन्सेजको स्थापना भएको हो । काठमाडौ विश्वविद्यालयको आंगिक कलेज सहित ११ वटा मेडिकल कलेजहरू संञ्चालनमा रहेका छन् जसमा १० वटा मेडिकल कलेज निजीस्तरमा सञ्चालनमा रहेको देखिन्छ । त्यसैगरी त्रिभुवन विश्वविद्यालयको एक आंगिक क्याम्पस र ९ वटा निजीस्तरमा चिकित्सा शिक्षा प्रदान गर्ने कलेजहरू सञ्चालनमा रहेका छन् ।
नेपालमा हाल सरकारी सहित चिकित्सा शिक्षा सम्वन्धी कार्यक्रम सञ्चालन गर्ने निकायहरू देहाय बमोजिम रहेका छन् :

१ .    त्रिभुवन विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजहरु (आफ्नो आंगिक सङ्काय महाराज क्याम्पस    सहित) १० दश वटा मेडिकल कलेज


    २) काठमाडौ विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजहरु (आफ्नो आंगिक सङ्काय स्कूल        अफ मेडिकल साईन्सेज धुलिखेलसहित) ११ एघार वटा मेडिकल कलेज







त्रिविवि अन्तर्गत १० वटा मेडिकल
कलेजहरु रहेकाः
१. आफ‍्नै आंगिक संकाय महाराजगन्ज क्याम्पस ।
२. प्राइभेट मेडिकल कलेज ७ वटा  (सेनाको सहित)
३. डेण्टल मात्र पढाउने कलेज 
४. २० वर्ष पुराना  
५. १५ वर्ष पुराना २
६. १० वर्ष पुराना ८  
काठमाडौं विश्वविद्यालय अन्तर्गत
११ वटा मेडिकल कलेजहरु
१. आप्mनै आंगिक संकाय स्कूल अफ मेडिकल   साइन्सेज धुलिखेल ।
२. प्राइभेट मेडिकल कलेज ७ र विस्तारित २   समेत ९
३. डेण्टल मात्र पढाउने कलेज 
४. २० वर्ष पुराना  
५. १५ वर्ष पुराना 
६. १० वर्ष पुराना  ९  
दुवै विश्वविद्यालयमा गरी  
१.   २० वर्ष पुराना     वटा रहेका ।
२.   १५ वर्ष पुराना     वटा रहेका ।      ३.   १० वर्ष पुराना   १७  वटा रहेका ।
हाल पढाई सन्चालन भइरहेका मेडिकल कलेजहरुः २१, प्रतिष्ठान ३ गरी २४ वटा रहेका ।
त्यसमध्ये सरकारी ४ वटा रहेका (महाराजगन्ज, न्याम्स वीर अस्पताल, पाटन र धरान) न्याम्स वीर अस्पतालले एम.डी. मात्र अध्यापन गराउने । एमबीबीएस होइन ।
प्राइभेट मेडिकल कलेज   २० वटा रहेका ।
एमबीबीएस मात्र पढाउने   १७ वटा ।
बीडीएस मात्र पढाउने   ३ वटा ।
एमबीबीएस र बीडीएस दुवै पढाउने   १० वटा
एमबीबीएस मात्र पढाउने   ९ वटा ।
बीडीएस मात्र पढाउने   ३ वटा ।
काठमाडौं उपत्यका भित्र त्रिविविका ४ (महाराजगन्ज, किष्ट, सेना र पिपुल्स डेन्टल) काबिबिका ४ वटा (केएमसी सिनामंगल, एनएमसी अत्तरखेत जोरपाटी, कान्तिपुर डेन्टल कलेज, धापासी र आंगिक धुलिखेल) तथा पाटन स्वा वि प्रतिष्ठान समेत गरी राजधानी आसपासमा ९ वटा मेडिकल कलेज हाल सन्चालनमा रहेका छन् ।
चिकित्साशास्त्र अध्ययन संस्थानको स्थापनाको सन्दर्भ
नर्सिङ, हेल्थ असिस्टेन्ट, अनमी र अहेव कार्यक्रमहरू सञ्चालन गर्ने सबै स्कूलहरूलाई गाभेर सन् १९७२ मा चिकित्सा शास्त्र अध्ययन संस्थानको स्थापना गरिएको थियो भने सन् १९७२ देखि १९७८ सम्म चिकित्साशास्त्र अध्ययन संस्थानले आधारभूत र मध्यमस्तरका स्वास्थ्य जनशक्ति उत्पादन गर्ने कार्यको थालनी भएको देखिन्छ । त्यस्तै सामान्य चिकित्सा, फार्मेसी, रेडियोग्राफी, हेल्थल्याब, नर्सिङ र आयुर्वेद विषयमा प्रमाणपत्र तहका कार्यक्रमहरू सञ्चालित थिए । सन् १९७६ मा यस संस्थानमा शुरु गरिएको पहिलो स्नातक स्तरको कार्यक्रम बि.एन.रहेको थियो । त्यसैगरी चिकित्सा शास्त्र अध्ययन संस्थानले स्नातक स्तरीय चिकित्सक उत्पादन गर्ने शैक्षिक कार्यक्रम (एमबीबीएस) थालनी गर्नका लागि आवश्यक तयारी पनि गरिरहेको थियो । सोही क्रममा नेपालका ६ जिल्लामा स्वास्थ्य सर्वेक्षण गरी नागरिकका स्वास्थ्य समस्या र तिनको निराकरणका उपाय के हुन सक्छन् ? र चिकित्सकमा कस्तो सक्षमता हुनुपर्ने भन्ने जानकारी लिइएको देखियो । सोही आधारमा चिकित्सा शिक्षाका लक्ष्य र उद्देश्यहरू निर्धारण गरेको देखिन्छ।
पहिलो पटक नेपालमा प्रमाणपत्र तह उत्तीर्ण स्वास्थ्य सहायक, नर्स, फार्मेसिस्ट, ल्याब सहायक, रेडियोग्राफरहरू लगायतका स्वास्थ्यकर्मीमध्येबाट २२ जना लाई छनोट गरी सन् १९७८ मा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले स्नातक (एमबीबीएस) स्तरको कार्यक्रम शुरु गर्‍यो । विद्यार्थी भर्ना संख्यामा विस्तारै बढोत्तरी गर्दै सन् १९९३ मा भर्ना संख्यालाई प्रतिवर्ष ४० जना पु¥याइयो । यसै बीच सन् १९८७ सालदेखि यस कार्यक्रममा भर्ना हुने विद्यार्थीमध्ये ५० प्रतिशत विज्ञानमा प्रमाण पत्र तह उत्तीर्णहरू मध्येबाट भर्ना लिने प्रावधान शुरु गरियो । सन् २००० देखि यसमा परिवर्तन गरी पूरै विद्यार्थीहरू विज्ञानमा प्रमाणपत्र तह उत्तीर्ण गरेकामध्येबाट मात्र प्रतिस्पर्धा गराई योग्यताक्रमका आधारमा भर्ना लिने पद्धति लागू गरियो ।
सरकारीस्तरमा स्थापना भएका स्वास्थ्य प्रतिष्ठान
क. वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
स्थापना सन् १९९३ मा, आफ्नो स्थापनाकालको केही समय पछि नै यस प्रतिष्ठानले एमबीबीएस कार्यक्रममा ३० जना विद्यार्थीहरूको भर्ना लिई पठनपाठन थालनी गरेको थियो ।
ख. राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान
नेपालमा सरकारी क्षेत्रमा दक्ष विशेषज्ञ चिकित्सकको उत्पादन गर्ने अभिप्रायले अर्को उल्लेख्य कार्य सन् २००२ मा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानको स्थापना भयो । ख्यातिप्राप्त न्यूरो सर्जन प्रा.उपेन्द्र देवकोटा स्वास्थ्य मन्त्री हुनु भएपछि स्थापनाा भएको हो ।
ग. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
सन् २००८ मा स्थापित, यस प्रतिष्ठानले सन् २०१० देखि एमबीबीएसमा विद्यार्थी भर्ना गरेको थियो ।
घ. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, यो लगायत अन्य प्रतिष्ठानमा एमबीबीएस अध्यापन शुरु हुन सकेको छैन ।
दुर्गम जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान वि.सं. २०६८ सालमा स्थापना गरिएको थियो ।
ङ. अन्य प्रतिष्ठान
त्यसै गरी नेपाल सरकारले भौगोलिक सन्तुलनलाई समेत मध्यनजर गरी स्वास्थ्य शिक्षामा पहुँचको सुनिश्चिता गर्नका साथै गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा दिने अभिप्रायले प्रदेश नं. ४ को कास्की जिल्लामा वि.सं. २०७२ मा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश नं. ५ को दाङको घोराहीमा स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तथा स्वास्थ्य सेवामा सर्वसाधारण जनतालाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन वि.सं. २०७४।६।२९ गते राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठानको स्थापना गरिएको छ । त्यसै प्रदेश नं. ७ को कैलालीको गेटामा नयाँ मेडिकल कलेज स्थापनाका लागि प्रयत्न भैरहेको छ । साथै नेपाल सरकारको आर्थिक वर्ष २०७२।०७३ को बजेट वक्तव्यमा व्यवस्था भई प्रदेश नं. २ को महोत्तरी जिल्लाको वर्दिवास, प्रदेश नं. ५ को रुपन्देहीको बुटवल र प्रदेश नं. ६ को सुर्खेतमा मेडिकल कलेज स्थापनका लागि प्रयत्न भइरहेको छ ।


गौरीबहादुर कार्की 
(कार्की चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगका पूर्व अध्यक्ष हुन्)

(This article is saved for self study)


Vacancy

Vacancy


Siddarthanagar City Hospital Pvt.Ltd
Lumbini Road,Bhairahawa ,Mob.9857020645
Email: cityhospitalbhw@gmail.com




Vacancy


Vacancy of Radiographer in Om Hospital and Research Centre (P) Ltd.