#साभार गरिएको
रेडियोग्राफीलाई किन
बेवास्ता ?
नेपालले सन् १९२३ मा एक्स–रे मेसिन भित्र्याइको
झण्डै एक शताब्दी पार गर्न लाग्दा पनि यो पेशालाई
वास्ता गरिएको छैन । आजसम्म वास्ता नगरिएको वा
हेपिएको पेशा मान्नुको कारण मेडिकल रेडियोग्राफी
पेशाकर्मीहरुको क्रमागत, संरचनागत तथा नीतिगत
विकासमा ध्यान नदिनुलाई मान्न सकिन्छ ।
अस्पतालमा विरामीको रोगहरुको पहिचान तथा
उपचारको लागि प्रयोग हुने रेडियोलोजिकल
प्रविधिलाई जीवनवृतिको साधनका रुपमा मान्ने
तालिमप्राप्त प्राविधिक स्वास्थ्यकर्मीहरुलाई
रेडियोग्राफर भन्ने गरिन्छ । रेडियोलोजी चिकित्साको
एक विषेश क्षेत्र हो जहाँ मेडिकल इमेजिङ्ग प्रविधि
प्रयोग गरेर रोगहरुको पहिचान तथा निदान गरिन्छ ।
हाल जुनसुकै मुलुकमा रेडियाग्राफी वा
रेडियोग्राफरहरुलाई आधारभूत स्वास्थ्य सेवा पु–
याउने स्वास्थ्यकर्मीहरुको रुपमा हेरी सोको समुचित
विकास गराइएको पाईन्छ तर नेपालको सन्दर्भमा
यसलाई नीतिगत, प्रक्रियागत तथा संरचनागत रुपमा
सधंै पछाडी पारिँदै आएको छ । यसका अनेकौं
उदाहरण छन् । हालसम्म राज्यले पेशाकर्मी तथा
बिरामीमैत्री नीति नियमको अवलम्बन नगरिदिनु, सन्
१९३६ मा त्रिचन्द्र इलेक्ट्रेमेडिकल इन्सिटिच्युटबाट
शुरु भएको यस बिधाको अध्यापन कार्यको गुणस्तर
कायम गर्न पहलकदमी नलिनु जस्ता रहेका छन् ।
तसर्थ अब नेपालले हालका कमिकमिजोरीहरुलाई
आधार मानेर पेशाकर्मीहरुको बर्तमान अवस्था तथा
चुनौतीलाई केलाइ सोको उचित निराकरण लागि
मार्गप्रशस्त गर्नुपर्ने बेला आइसकेको छ ।
सरोकारवालाहरु जस्तैः स्वास्थ्य तथा जनसंख्या
मन्त्रालय, स्वास्थ्य व्यावसायी परिषद्, सम्बद्व कलेज
तथा सीटीईभीटी र सरोकारवाला पेशाकर्मीहरुको
संघसंगठनहरुले उचित कदम चाल्नुपर्ने आवश्यकता
देखिन्छ ।
नेपालमा हाल डाईनोग्टिस(निदानात्मक) विधाको
मात्र अध्यायपन हुँदै आएता पनि अर्को रेडियोथेरापी
विधाको छुट्टै पढाइ हुन सकिरहेको छैन । हाल यी
दुवै विधालाई समेटेर अध्ययन गराइएता पनि उक्त
विधाहरुको विशिष्टीकरण गर्ने प्रयास भएको छैन ।
नेपालमा रेडियोग्राफी शिक्षाको विकास भएको हाल
झण्डै ८ दशक पार गर्न लाग्दा पनि यो विषयको
नेपालमा प्रवीणता प्रमाणपत्र तहका १८ वटा, स्नातक
तहका ३ तथा स्नाकोतर तहका जम्मा १ वटा शिक्षण
संस्थाहरु रहेका छन् । वर्षेनी क्रमशः ३० जना, ५–१०
जना र ३–५ जनाले शिक्षित हुने अवसर प्राप्त गर्दछन्
। प्रविणता प्रमाणपत्र तहको संख्या नेपालको
जनसंख्याको लागि उचित माने पनि भौगौलिक
वितरणको हिसाबले यो न्यायसंगत छैन भने बाँकी
तहको हकमा संख्यात्मक हिसाबले कमी भैरहेको
बेला भौगोलिक समानताको त कुरै भएन । तर,
भएकै शिक्षण संस्थाहरुमा गुणस्तरीयतका लागि
चाहिने रेडियोलोजी फाँटमा आवश्यक उपकरण
तथा भौतिक संरचनाको अभाव, गुणस्तरीय शिक्षक
तथा पाठ्यक्रम, उपयुत शिक्षण सामग्री, बाह्य तथा
आन्तरिक अभ्यास जस्ता कुराहरुको सदा अभाव
देखिँदै आएको कुरालाई नकार्न सकिदैन । जसले
गर्दा यस्ता कार्यहरु अन्तराष्ट्र्रिय मापदण्ड भित्र नपर्दा
आजको विश्व बजारमा हाम्रा उत्पादनहरुले उचित
स्थान पाउन निकै मुश्किल हुने गरेको छ ।
सन् १९७३ मा त्रिविले शुरु गरेको प्रविणता प्रमाणपत्र
तह सीटीइभीटीलाई हस्तान्तरण गर्ने उघद्देश्यले सन्
२००८ मा स्थगन गरी सन् २०११ बाट त्रिविबाट नै यो
बिषयलाई फेजआउट गरिएको छ । हाल यस तहको
अध्यायन अध्यायपन १८ वटा सीटीईभीटी वा उसका
मान्यता प्राप्त संस्थाहरुले गर्दै आएको भएता पनि
न्युनतम खर्चमा गुणस्तरीय अध्ययन गर्नबाट बिद्यार्थी
आजपनि बञ्चित हुनका साथै सीटीइसीटीइभीटीले
आफूले पाएको जिम्मेवारीको शाख जोगाउन पनि
सकिरहेको छैन । अर्को तर्फ नेपालमा हाल
डाईनोग्टिस(निदानात्मक) विधाको मात्र- अध्यायपन
हुँदै आएता पनि अर्को रेडियोथेरापी विधाको छुट्टै
पढाइ हुन सकिरहेको छैन । हाल यी दुवै विधालाई
समेटेर अध्ययन गराइएता पनि उक्त विधाहरुको
विशिष्टीकरण गर्ने प्रयास भएको छैन । यसका अलवा
नेपालमा न्युक्लियर मेडिसिन थता अल्ट्रासाउण्ड
सम्बन्धिको पढाई नहुँदा उक्त शिक्षाको लागि विदेश
जानुपर्ने बाध्यता पनि रहेको छ । यसतर्फ पनि
सरोकारवाले ध्यान दिनु जरुरी छ । हालसम्म यि
बिधाका स्वास्थ्यकर्मीहरु बिदैशबाट नै पढेर
आउनुपर्नै बाध्यता पनि रहेको छ ।
हरेक अध्ययनको आशय ज्ञान हासिल गर्नुमात्र नभइ
जिविकोपार्जन गनुपर्ने पनि हुन्छ तर नेपाली
रेडियोग्राफी पेशाकर्मीहरुको यी दुबै अवस्था भने
दयनिय नै भएको हालका अवस्थाले बोध गराउँछ ।
बर्षेनी सयै बिद्यार्थीहरु यस पेशामा आएपनि यस
पेशामा उपयुक्त सजकता नअपनाउँदा हुने हानीको
कारणले गर्दा आर्कषण घटेपनि प्रविधिमा आएको
विकासले भने यस पेशालाई थप आर्कषण बढाउँदै
लगेको छ । नेपालमा यस पेशाकर्मीहरु मुलतः नीजि
संस्थाहरुमा बढी कार्यरत छन् भने बाँकी सरकारी,
सामुदायिक तथा केही नगण्य चाहिँ सेना तथा
प्रहरीमा कार्यरत रहेका छन् । कतिपयले आफ्नो पेसानै परिवर्तन गरेका छन ।