Its informative about the medical imaging in Nepal and the general news, Radiography articles and related ones.
Saturday, August 18, 2018
Bachelor entrance notice 2075/2018
IOM entrance notice
Details....
Details....
Tuesday, August 7, 2018
बुटवलका अधिकांश एक्सरे सेवा मापदण्डविपरीत
बुटवलका अधिकांश
एक्सरे सेवा मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ ।
नेपाल स्वास्थ्य
व्यवसायी परिषद्ले बुटवलमा गरेको अनुगमनका क्रममा विभिन्न अस्पताल, निजी क्लिनिक, पोलिक्लिनिकलगायतमा
एक्सरे सेवा उपलब्ध गराउँदैआएको जनशक्तिले अनुभवका आधारमा मात्र काम गरिरहेको
जनाएको छ ।
“मैले पाँच वर्षको
अनुभवका आधारमा मात्र काम गरिरहेको छु,” बुटवलस्थित सन्तोष
मेडिकलको एक्सरे सेवामा कार्यरत मीनबहादुर जिसीले भने । उनले एक्सरे गर्न जानेको
व्यक्तिसँग सिकेका आधारमा सो काम गरेको बताए।
बुटवलस्थित मंगलम
पोलिक्लिनिकको एक्सरे सेवामा कार्यरत हार्दिककुमार श्रेष्ठले सिएमए पास गरेका छन्
। उनले एक्सरे सेवामा नियमित काम गर्दै आएका छन् । सो पोलिक्लिनिक बिनादर्ता
अवैधरूपमा सञ्चालनमा छ । सो पोलिक्लिनिकका कार्यकारी निर्देशक मनोज पन्तले दर्ता
प्रक्रियामा रहेको बताए । परिषद्ले अनुगमन गरेका केही ठाउँबाहेक अधिकांश एक्सरे
सेवा बन्द गरिएको छ ।
बुटवलको मेडिटेक
इन्टरनेशनल अस्पताल प्रालि र बुटवल हस्पिटल प्रालिमा पनि दक्ष जनशक्ति छैन । दक्ष
जनशक्ति नहँुदा अनुभवका आधारमा एक्सरे सेवा प्रदान गरिँदै आएको छ । नेपाल
स्वास्थ्य व्यवसायी परिषद्का निरीक्षणविज्ञ एवं नेपाल रेडियोलोजिकल सोसाइटीका
अध्यक्ष मुकेशकुमार झाले परिषद्मा दर्ता नभइ एक्सरे सेवा सञ्चालन गर्न नपाउने बताए
। उहाँले बुटवलको एक्सरे सेवाको गुणस्तरीय नभएको बताए । बिरामीको स्वास्थ्यमा
खेलवाड गरिएको उल्लेख गर्दै उनले बुटवलमा रेडियोग्राफरको संख्या पनि न्यून रहेको
बताए ।
नेपाल स्वास्थ्य
व्यवसायी परिषद्का निरीक्षणविज्ञ नारायण शर्माले बुटवलका एक्सरे सेवा कक्ष
मापदण्डअनुसार सञ्चालन नभएको बताए । एक्सरे सेवा दिँदै आएका सञ्चालकले एक्सरे
कक्षको क्षेत्रफल बढाउने, एक्सरे सेवामा रेडियोग्राफर
राख्ने र एक्सरे सेवा दिँदा विकीरण (रेडिएसन)बाट बच्न सतर्कता अपनाउने आश्वासन
दिएका छन् । परिषद्ले बुटवलको लुम्बिनी नर्सिङहोम, तिलोत्तमा अस्पताल, पुष्पा फार्म, लुम्विनी एक्सरे सेवा र आस्था एक्सरे सेवाको पनि अनुगमन
गरेको थियो । रासस
Sunday, August 5, 2018
Subscribe to:
Posts (Atom)